कैलाली र कपिलवस्तुमा चट्याङ लागेर चार जनाको मृत्यु, पाँच जना घाइते  

काठमाडौँ ।  कैलाली र कपिलवस्तुमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षीय महेश कलवार रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसैगरि धनगढी उपमहानगरपालिका-१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका-३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोरा उनीहरुको पनि खेतमा काम गर्दैगर्दा चट्याङ लागेर मृत्यु भएको हो ।

यस्तै चट्याङ लागेर अन्य पाँच जना गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका९९ बुदेनीमा तीन बालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा एकरएक जना घाइते भएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएकी घोडाघोडी(९ की ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठातलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

टीकापुर र जानकीका घाइतेहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।