जसपा विधान अधिवेशन, आज समूहगत छलफल हुने

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालको बिधान अधिवेशन जारी रहेको छ । सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा बिभाजन गरेर छलफल हुँदैछ।

हिजो आइतबार अध्यक्ष यादवले मस्याैदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो।