भारतीय प्याजको भरमा नेपाली बजार, आत्मनिर्भर हुन नेपालको सम्भावना कति छ ?

 काठमाण्डौँ - हरेक समय भारतले नेपालको लागी अड्को थाप्दै आएको छ, ईन्धन, कत्चा तेल, तरकारी, आलु प्याज लगथाएका हरेक बस्तुहरुमा बेला बेलामा लगाउने प्रतिबन्धले नेपाल आजित  त छैद्यै छनै, अझे अहिले प्याजमा लगाउने निर्यात प्रतिबन्धले थप समस्यउा हुने देखिएको छ । नेपालमा प्रयाप्त मात्रामा प्याज उत्पादन नहुने कारणले पनि अब प्याजको मुल्यले आकाश हुने ब्यापारीहरु बताउँछन् । 

भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको हो । यसअघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चितकालका लागि लम्बाएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

भारतीय व्यापारीहरु यसअघि प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाभन्दा बढी घटेको र यस सिजनको बालीबाट नयाँ आपूर्ति आउन थालेकाले प्रतिबन्ध खुल्ने अनुमान गरेका भएपनि सरकारले आदेश जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध यथावत रहने जनाएको छ ।
भारतमा हुने लोकसभा निर्वाचन अघि सरकारले स्थानीय बजारमा कुनै समस्या आउन नदिन प्रतिबन्ध यथावत राखेको विश्लेषण गरिएको छ । भारतका केही थोक बजारमा प्याजको मूल्य डिसेम्बरमा प्रतिकिलो ४५ भारु सम्म झरेको थियो ।
बंगलादेश, मलेसिया, नेपाल र युएई जस्ता देशहरू प्याजमा भारतमाथि निर्भर रहेका छन् । भारतको प्रतिबन्धपछि यी देशहरुमा प्याजको उच्च मूल्यसँग संघर्ष गरिरहेका छन् । चीन वा इजिप्ट जस्ता प्रतिद्वन्द्वीहरू भन्दा धेरै बजारहरूमा छोटो ढुवानी समय भएको भारतले एशियाली देशहरूले आयात गर्ने प्याजको आधाभन्दा बढी हिस्सा ओगटेको बताइन्छ । कालिमाटी तरकारी बजारमा भने अहिले भारतीय प्याजको मूल्य ७० रुपैयाँ प्रतिकिलो रहेको छ ।
भान्सामा दिनहुँ प्रयोग हुने प्याजमा नेपाल परनिर्भर छ, भारतबाट हरेक दिन ४७५ टन भित्रिन्छ। राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार प्याजको वार्षिक खपत हेर्दा आधाभन्दा केही बढी हिस्सा मात्र स्वदेशमा उत्पादन हुन्छ। वार्षिक माग चार लाख दुई हजार टन छ। अर्थात् हरेक घरपरिवारलाई भाग लगाउँदा वार्षिक ६० किलोका दरले चाहिन्छ।

केन्द्रका बाली संरक्षण अधिकृत तोयानाथ जोशीका अनुसार उष्ण हावापानी हुने तराईदेखि मध्यपहाडसम्मै खेती गर्न सकिने प्याज देशलाई पुग्दो उत्पादन आफैं गर्न नसकिने होइन। यसका लागि बीउ उत्पादनदेखि खेती र भण्डारणसम्मको तरीका सुधारिनुपर्छ। “उत्पादन आजको भोलि नै दोब्बर पार्न भने सकिंदैन,” उनी भन्छन्। 
प्याजमा परनिर्भरता नेपालमा विगतदेखि नै छलफलको विषय बन्दै आएको छ। आयात प्रतिस्थापन गर्न सरकारले २०६४ सालमै ‘मिशन प्याज कार्यक्रम’ घोषणा गरी उत्पादन बढाउने अभियान थालेको थियो। मधेश प्रदेशका सप्तरी, सिरहा, रौतहट, रुपन्देही, बारा, बाँके, बर्दिया, झापा सहितका जिल्लामा लागू गरिएको यो कार्यक्रमले बेमौसमी प्याज उत्पादन गर्ने सहितका लक्ष्य राखेको थियो।
किसानलाई उन्नत बीउबीजन, मल र सिंचाइमा अनुदानसम्मका प्रोत्साहन घोषणा गरियो। १८ हजार हेक्टर जमीनमा खेती बढाएर थप पौने तीन लाख टन प्याज फलाउने योजना थियो। तर, खेती थप दुई हजार हेक्टरभन्दा बढ्न सकेन। अन्ततः कृषि मन्त्रालय आफैंले यसलाई असफल कार्यक्रमका रूपमा स्वीकार ग¥यो।

प्याजको बेर्ना सार्दादेखि फल लिनसम्म झन्डै ६ महीना लाग्छ, पानी र स्याहार पनि उत्तिकै चाहिन्छ । “अरू बालीबाट दुई पटक फसल आउने वेलामा प्याजबाट एक पटक मात्रै आउँछ। त्यसैले किसान यो बाली लगाउन उत्साही हुँदैनन्,” पाण्डे भन्छन्। अर्कातिर प्याजको मूल बीउ पनि भने जति पाइँदैन। प्याजको व्यावसायिक खेती बढाउन अहिले पनि उन्नत बीउको अभाव रहेको पाण्डेको भनाइ छ। 
प्याजको बजारीकरण र भण्डारणमा पनि समस्या छ। चैत–वैशाखमा उत्पादन हुने प्याजका गाना लामो समय भण्डारण गर्न कठिन छ। चिस्यान केन्द्रमा पनि लामो समय भण्डारण गर्न मिल्दैन। त्यसैले उत्पादनका वेला निकै सस्तो हुने प्याजको मूल्य भदौ–असोजपछि उकालिंदै जान्छ। यसकारण पनि बेमौसमी खेतीको प्रविधि फैलाउन बल गर्नुपर्ने बताउँछन्, प्याज बाली विज्ञ ।