श्री एयरले थप्यो दुई जहाज

काठमाण्डौँ - श्री एयरलाइन्सले ८० सीट क्षमताका दुई वटा जहाज थपेको छ । उसले क्यानडाको बम्बार्डियर कम्पनी हालको डि हाभिल्याण्ड अफ क्यानडाले निर्माण गरेको ‘ड्यास ८’ जहाज नेपाल भित्र्याएको हो ।

यी जहाजहरु यसअघि अमेरिकामा चलिरहेका थिए । त्यहाँको होराइजन एयर र अलास्का एयरले सञ्चालन गरिरहेका दुई जाहज श्री एयरले किनेको हो । यी जहाजहरु ‘आरामदायी, सुरक्षित र कम ध्वनि उत्पन्न गर्ने’ खालका भएको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।