images

 अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेलाई झन्डा छोपेर घर पठाइदिऔँ : सांसद थापा  

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सांसद राम्ररी चल्न नसकेको बताएका छन् ।

सोमबारको दोस्रो बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।

उनले संसदमा दोहोरी चलिरहेने हो भने छलफल गर्नुपर्ने मूल विषय पनि छायामा पर्ने बताए । उनले भने,‘ब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’

उनले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा नराखेर घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए । यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला, स्वागत पनि गरौला, यसरी सफा गर्न सके जमेर छलफल गर्न सकिन्थ्यो, हैन भने यो दोहोरी चलिरहने भयो’, थापाको भनाइ छ ।  
 

सोमबार १३ फागुन २०८० ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया