सरकारलाई सभामुखले रुलिङ गरेपछि सुरु भयो संसद बैठक

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ।

आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक १८ फागुनमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्। 
यससँगै संसदको अवरोध हटेको हो।