आजको मौसम : काठमाडौँमा वर्षकै कम तापक्रम रेकर्ड, अन्य स्थानमा कस्तो छ ? 

काठमाडौँ - काठमाडौँमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार  काठमाडौँमा तापक्रम ३ डिग्रीमा झरेको हो ।

यसअघि गएको सोमबार ३ दशमलव २ डिग्री मापन गरिएकोमा आज त्यसबाट पनि तल झरेर वर्षकै कम तापक्रम रेकर्ड भएको हो । 

मौसमविद् रोजन लामिछानेले अधिकतम तापक्रम पनि कम १६.६ डिग्री रहेको बताए। आज सबैभन्दा कम जोमसोममा माइनस ६.५ डिग्री पुगेको पनि उनले बताए ।