सडकमै सुते शिक्षक

 काठमाडौं - राहत शिक्षकहरूले आज पनि सडक आन्दोलनलाई जारी राखेका छन् । आफूहरूका माग सम्बोधन नभएको भन्दै सडक प्रदर्शनमा उत्रिएका राहत शिक्षकहरूले सडकमै सुतेर विरोध जनाएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको नेतृत्वमा राहत शिक्षकहरूले लगातार प्रदर्शन गर्दै आएका छन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरूले आफूहरूका माग सम्बोधन नभएको बताउँदै आएका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।