चारवटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब भन्दा बढीको लगानी स्वीकृत

काठमाडौँ - लगानी बोर्डले चारवटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ५५औं बैठकले चारवटा जलविद्युत् परियोजनाका लागि सो रकम स्वीकृति गरेको हो ।

जसमा २२ मेघावाटको रोल्वालिङ खोला जलविद्युत परियोजनाका लागि ७ अर्ब ९२ करोड, ६३ मेघावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अर्ब ६८ करोड, ४९।९५ मेघावाटको दानाखोला जलविद्युत परियोजनाका लागि अनुमानित लागत ९ अर्ब ६८ करोेड र सानीभेरी जलविद्युत परियोजना ४४ दशमलव ५२ मेघावाटका लागि ९ अर्ब ४६ करोड रहेको छ।