मौद्रिक नीति भोलि सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौँ - राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति भोलि शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको छ ।
आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको सबै तयारी पुरा भएको भन्दै राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने बताएको हो ।

शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समय तय गर्ने राष्ट्रबैंकका सहायक सूचना अधिकारी डा। भागवत आचार्यले बताए । यस पटक पनि साउन पहिलो सातामै मौद्रिक नीति आउने अनुमान गरिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

अर्थतन्त्र दबाबमा रहेकाबेला सार्वजनिक हुन लागेको मौद्रिक नीति प्रति सबैको चासो रहेको छ । निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ पर्खिएका छन् ।