कञ्चनपुरमा चलिरहेको पंखा खसेर लाग्दा एक वृद्धको मृत्यु  

काठमाडौँ । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा खसेर लाग्दा एक वृद्धको मृत्यु भएको छ । बेदकोट नगरपालिका- ७ गाउजी बस्ने वर्ष ६८ का रत्न प्रकाश लामिछानेको पंखाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको आगनमा टेबुल फ्यान (पंखा)  चलाएर बसी राखेको अवस्थामा सोही फ्यान शरीरमा खसेर लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।