सुनको मूल्य बढ्यो, चाँदी स्थिर हुँदा तोलाको कतिमा हुँदैछ कारोवार ?


काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर सोमबारको मुल्यमा नै कारोबार भइरहेको छ।