नेपाल र आयरल्याण्डबीच टी २० खेल हुँदै

काठमाडौं । नेपाल र आयरल्याण्ड ‘ए’बीच टी २० अभ्यास खेल हुने भएको छ । सोमबार दिउँसो १ बजे त्रिविस्थित कीर्तिपुर मैदानमा खेल हुने भएको हो ।

नेपाल विश्वकप टी २० को अभ्यासमा रहेको छ । नेपालले आयरल्याण्डसँग दुई वटा खेल खेल्ने भएको हो । नेपाल र आयरल्याण्ड एबीचको अर्को खेल भोलि मंगलबार हुनेछ ।

टी २० पछि नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’सँग तीन टी २० र तीन एक दिवसीय खेल खेल्ने कार्य तालिका रहेको छ ।