सरकार र एकीकृत समाजवादीबीच समन्वय गर्ने जिम्मा उपाध्यक्ष पाण्डेलाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकार र पार्टीबीच समन्वय गर्ने जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय संयन्त्र गठन गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढालाई सदस्यको जिम्मेवारी तोकेको छ ।