एकीकृत समाजवादीले उपनिर्वाचनमा एक्लै चुनाव लड्छ : माधव नेपाल 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन् ।

सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् । 

उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे ।

चैत्र ४ गते सम्पन्न भएको १० औँ जिल्ला अधिवेशनबाट वसुन्धरा हुमागाईँको अध्यक्षतामा गठित ५८ जिल्ला कमिटी सदस्यहरूलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका थिए । सो क्रममा उनले बफादार भएर पार्टीको लोकप्रियताका लागि काम निर्देशन समेत दिएका थिए ।