देशमा स्थिर सरकारको आवश्यकता छ : मन्त्री गिरी

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए । 

पर्वतको दक्षिणी क्षेत्रको गिरीपैयू गाउँपालिका स्थानीयसँग आइतबार भएको भेटघाटमा यस्तो बताएका हुन् ।

प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै उनले कानुन निर्माणमा सबै पक्षको सहयोग हुनुपर्ने धारणा राखे ।

भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरू छिट्टै जारी हुने विश्वास दिलाए  ।

कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्नेमा जोड दिँदै उनले कानुन अज्ञानता क्षम्य नहुने बताए ।

कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको समेत गिरीले बताए । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरू अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या पनि समस्या परेको बताए ।