वैशाख १५ मा उपचुनाव गर्ने निर्वाचन आयोगको निर्णय  

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगले १५ वैशाखमा उपनिर्वाचन गर्ने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको आयुक्त निदेश थपलियाले बताए ।

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुने भएको छ । दुवै स्थानमा १५ वैशाखमा उपनिर्वाचन हुने भएको निर्वाचन आयोगले जनाएको छ ।

इलाम २ बाट निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयघात भएर मृत्यु भएको थियो । यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ ।

यसैबीच स्थानीय तहमा अहिले तत्काल उपनिर्बाचन नेपाल सरकारले आवश्कता नठानेको आयुक्त थपलियाले खबरहबलाई बताए । उनले मंसिर सम्ममा स्थानीय तहको पनि उपनिर्वाचन हुनसक्ने बताए ।