राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

 काठमाण्डौँ - राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धन्धनका तर्फका तीनैजना उम्मेदवार विजयी भएका छन् । बिहीवार भएको मतदाबाट नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका हुन् । 

विजयी माओवादी केन्द्रकी चन्दले ४ हजार ४५३ मत ल्याइन् । कांग्रेसका नारायणदत्त भट्ट अपाङ्गतर्फ ४४१९ मत ल्याएर विजयी बनेका हुन् । अन्यमा  पनि कांग्रेस बलदेव बोहरा विजयी भए ।