६० केजी सुन प्रकरण : ६ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ - ६० किलो सुन तस्करी प्रकरणमा ६ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनले ६ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो भने १२ जनालाई थुनामै राख्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ । यसअघि काठमाडौं जिल्ला अदालतले सबैलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसमध्ये उच्च अदालत पाटकका न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले ६ जनालाई भने रिहा गर्न आदेश दिएको हो ।

धरौटीमा रिहा हुनेमा कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुली रहनु भएको छ । श्रेष्ठ र भट्टबाट जनही एक लाख , पौडेल र नेपालीलाई जनही पाँच लाख र गौतम र पराजुलीलाई जनही दुई लाख रूपैयाँ धरौटी छाडन् अदालतले आदेश दिएको हो ।