राष्ट्रिय सभा निर्वाचन : ७० प्रतिशत मत खस्यो

 काठमाडौँ - निर्वाचन आयोगले आज साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ । हालसम्म करिब ७० प्रतिशतमतदान भइसकेको शर्माले जानकारी दिए । ‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ । अहिलेसम्म ९११स् ३०० करिब ७० प्रतिशतमत खसिसकेको अवस्था हो ।’

उनले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने जानकारी दिए । साढे चारबजे पछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने उनको भनाइ छ ।