राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी, साँझसम्म नतिजा आउने

काठमाडौँ - आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो। एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

अहिले ९ देखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख(उपप्रमुख, गाउँपालिका अध्यक्ष(उपाध्यक्ष हुन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा  ३४७ मतदाता रहेका छन्। गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सात प्रदेशमा एक(एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।