मेयर बालेनद्वारा राष्ट्रिय सभा निर्वाचन बहिष्कार

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रिय सभा निर्वाचन बहिष्कार गरेका छन् । 
 महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हटौंडास्थित मतदान केन्द्र पुगेकी छिन् । 

बालेन भने काठमाडौंमै छन् । यसअघि मेयर बालेनले मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गरेका थिएनन् ।