कोशीमा हर्क साम्पाङ, जयप्रकाश र जयनारायणले गरेनन् मतदान

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशीमा प्रदेश सभाका सबै मतदाताले मतदान गरेका छन् । यहाँ प्रदेश सभा सदस्यतर्रफ ९३ मतदाता छन् ।

मतदानको लागि निर्धारित समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ३६६ जना मतदातामध्ये ३६३ जनाले मतदान गरेको कोशीका निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । स्थानीय तह तर्फका तीन मतदाता मतदानमा सहभागी भएनन् ।

मोरङको ग्रामथाङ गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा सहभागी भएनन् ।

गच्छदार शुक्रबार अकास्मात् बिरामी परेपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचाररत छन् । शाह भ्रष्टाचार मुद्दामा मुछिएपछि निलम्बनमा छन् । दुवै कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन् ।