माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन पक्राउ

काठमाडौँ - हाल नेपाल समाजवादी पार्टी नेसपाको केन्द्रीय सदस्य रहेका माओवादी पूर्वब्रिगेड कमान्डर जितमान पुन मार्शल पक्राउ परेका छन् ।

रुकुम पूर्वको भुमे गाउँपालिका–१ का पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा चलेको थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो । अदालतले पुनलाई डिल्लीबजार कारागार पठाएको छ ।

पुनलाई पक्राउ गरिएको विषयमा पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा।बाबुराम भट्टराईले जनयुद्धकालीन मुद्धामा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।