गण्डकीमा गठबन्धनका उम्मेदवारत्रय विजयी

काठमाडौँ - राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन् । 
प्रदेशबाट महिला समूहमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अपांगतारअल्पसंख्यक समूहमा कांग्रेसका पदमबहादुर परियार र अन्यमा कांग्रेसकै किरणबाबु श्रेष्ठ विजयी भएका हुन् ।

सार्वजनिक मतपरिणाम अनुसार, शर्माले ३६६०, परियारले ३७७९ र श्रेष्ठले ३८०८ मत पाएका छन्। यस प्रदेशमा तीन समूहका लागि ८ जना प्रतिस्पर्धी थिए ।