राष्ट्रिय सभा निर्वाचन : मतदान सुरू

काठमाडौँ - राष्ट्रिय सभा एकतिहाइ सदस्यका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

२ हजार ४७ जना मतदाता रहेको राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भइरहेको छ । १९ पदका लागि ५२ जना उम्मेदवार छन् ।