जागिर खाने हो ? नेपाली सेनामा साढे ३ हजार जनालाई जागिरको अबसर (सूचनासहित)

काठमाडौँ - नेपाली सेनाले विभिन्न पदमा साढे ३ हजार जनाका लागि दरखास्त आह्वान गरेको छ ।

देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागि भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सूचना जारी गर्दै सैन्य पदमा ३ हजार र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस ७ गतेसम्म सेनाको आधिकारी वेबसाइटबाट अनलाईन दरखास्त दिन सक्नेछन् । ट्रेडका फलोअर्स पदहरूको हकमा भने उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ ।