अध्यक्ष ओली भन्छन्-'राजतन्त्र फर्काउने प्रयास मुर्खता हो' 

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याकेको राजतन्त्र फर्काउने प्रयास चेतना नभएको मुर्खता भएको टिप्पणी गरेका हुन् ।

राजनीतिकरुपमा, वैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र चेतनै नभएका मुर्खहरुले मात्रै मान्ने उनको भनाइ छ । ओलीले राजतन्त्रकै कारण तत्कालिन अवस्थामा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको धारणा राखे । अहिले मरेको प्रेतका पछाडि केहि व्यक्ति लागिपरेको अवस्थामा युवासंघले मात्रै परिवर्तनको पक्षमा आवाज उठाएको भन्दै धन्यवाद दिए ।