दुर्गा प्रसाईं आफ्नै घरमा ‘नजरबन्द’

काठमाडौँ - मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।

उनलाई भक्तपुरस्थित घरबाट बाहिर निस्किन नदिन प्रहरी टोली खटाइएको छ । नेपाल प्रहरीको विशेष कार्यदल ९एसटीएफ०को टोलीले अहिले प्रसाईंको घरलाई वरपरबाट घेरेको छ ।

हिजो बिहीबार बल्खुमा प्रदर्शनपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गर्दै आज शुक्रबारदेखि तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।

प्रसाईंले तीनकुने क्षेत्रसहित निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले उनलाई घरभित्र मात्रै बस्न पाउने गरी नजरबन्द गरेको हो ।