देउराली सहकारीका अध्यक्ष चौलागाईं विभिन्न सञ्चारमाध्यममा वास्तविक समाचार प्रकाशित भएपछि शक्ति केन्द्र धाँउदै

ललितपुर- ललितपुर जिल्लामा केन्द्रीय कार्यलय खोलि सहकारीका नाममा दिनदहाडै करिब २५ हजार गरीब बचतकर्ताहरुको १३ अर्ब ठगी गर्दै आएका रवीन्द्र चौलागाईंको विषयमा विभिन्न समाचार माध्यममा सत्य तथ्य यथार्थ समाचार प्रकाशित भएपछि समस्यामा परेकाे उनका नजिका विश्वास पात्रले बताएका छन्।  

काठमाडौं जिल्ला प्रहरी परीसरका एसपी कुमाेध ढुंगेलका साथै ललितपुर जिल्लाका गुण्डा नाईके मीन कृष्ण महर्जन र काभ्रेका गुण्डा नाईके एंवम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका गणेश लामा सँग माफि मागेको बुझिएको छ।

ललितपुरमा देउराली बहुउद्देश्यी सहकारीको केन्द्रीय कार्यलय भन्दै सहकारी चलाउँदै आएका सहकारी क्षेत्रकै ठगि धन्दाका चतुर खेलाडी रबिन्द्र चौलागाईंले करिव १० करोड रूपैयाँ काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रहरी प्रबक्ता समेत रहेका कुमाेध ढुंगेललाई घुस दिएकाे विषयमा खुल्म-खुल्ला भन्दै हिड्ने गरेकाे पाइएकाे छ।

त्यसैमा नेपाल प्रहरी संगठन मौन बस्नु कतिको जायज होला? घुस नखाएक‍ो भए देउरालीका अध्यक्षलाई कारबाही किन नगर्ने? यदि घुस खाएकाे भए एसपी कुमाेध ढुंगेललाई पनि किन कार्वाही नगर्ने ? सरकारले जवाफ दिनुपर्छ हाेइन भने गरिब जनताले पसिना बगाएर एक-एक   रूपैयाँ जम्ममा गरेर राखेकाे रूपैयाँ कसैले पनि रजाइ गर्न पाउने अधिकार छैन।

त्यस्तै देउरालीका एक क्षेत्री थरका कर्मचारी र सहकारीका ठग भनेर चिनिने रवीन्द्र चौलागाईंका एक विश्वास पात्र स्वंयमले बताएका कुरा किन विस्वास नगर्ने ? देउराली सहकारीका उक्त क्षेत्री थरका कर्मचारी हालपनि सहकारी मै रहेर ठगी धन्दाका खेलाडी चौलागाईंलाई साथ पनि दिंदै हिडेका छन् भने चौलागाईंका कालाकर्तुकाे बारे पर्दाफास गरि रहेका छन्।  

यदी चौलागाईंका सहयोगी क्षेत्रीलाई सम्बन्धित निकायले सोधपुछ गर्दा अझै प्रष्ट होला की? देउराली सहकारीका नाममा करिव २५ हजार जनतालाई रोडमा पुर्याई २९२३ नम्बरको वुलेट प्रुफ गाडीमा हिड्ने चौलागाईं कसको सुरक्षामा छन्? याे विषयमा पनि विस्तारै खुल्दै जाने छ।   अहिलेकाे याे विषयय अझै पेचिलो बन्दै जानेमा दुइ मत नरहेकाे उनका विश्वास मात्रले नै बताउने गरेका छन्। 

चौलागाईं स्यंमले भन्दै हिंडछन् नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबि) की प्रहरी अतिरिक्त महानिरीक्षक किरण वज्राचार्य मेरो दाहीने हात हुन,मैले जे चाँयाे त्यही हुन्छ।

त्यस्तै देउराली सहकारीका नाममा चौलागाईंले ठगेका ललितपुर धापाखेलका मञ्जु भण्डारीले हिजो शुक्रबार ललितपु का प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितसँग आफ्नो गुनासो राखिपछि,ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित रिसाउँदै त्यो ठग चौलागाईंलाइ केही समय भित्र हामीले कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएकाे उनले बताएकी छन्। उनले भनीन् पहिले त सीडीओ साबले त्याे चौलागाईंकाे कुरा नगर्नुस् गरिब जनतालाइ ठग्नेलाइ अब जेल हाल्नु पर्छ भन्नु भयाे मञ्जु भण्डारीले बताएकी छन्। 

त्यसैगरी सहकारीको नाममा हजारौं गरीबहरुलाई ठगी गरी सुरासुन्दरी र तारेहोटलमा धाउने मदिरामा लठ्ठ हुने यस्ता व्यक्तिलाई राजनिती पँहुच र आर्थिक लेनदेनमा उन्मुक्ति कहिले सम्म हुने हाे? 

गाउँले लाई ठगी गरेपछि आफ्नो गाउँबाट समेत बहिष्कार भएका चौलागाईंले देउराली सहकारीको नाममा केन्द्रीय कार्यलय सातदोबाटोमा खोलि हजारौं गरिबलाई ठगेपछी काभ्रेपलान्चोक जिल्ला चौरीदेउरालि गाँउपालिका वडा नं ६ वोक्से खाल्डेका स्थानीयहरु समेत आक्रोशित भएको उनका नजिकका नाता पर्ने ग‍ोविन्द चौलागाईंले वताएका छन्।

यति मात्रै होइन गोविन्द चौलागाईंका अनुसार रवीन्द्रले जापानबाट पढेर आएको भन्दै विभिन्न ठाउँमा पेश गरेका सर्टिफिकेट समेत नक्कली हुनसक्छन् यसबारे सम्बन्धित निकायले अनुसन्धान गरोस्।

त्यस्तै उनका नातेदार गोविद्र भन्छन् सहकारीमा ठगेर नपुगेपछि रवीन्द्रले अहिले मैले मिडियामा पनि लगानी गरेको छु भन्दै दुनियाँलाई धम्क्याँउदै हिँडेको छ। फेरि अझ मिडियाकाे नामबाट कति जनालाइ ठगेर हिड्ने हाे ? अब कुन दिन जाकिन्छ फटाहा अनि बाउको बिहे देख्ला नि ? उनले भने।