चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन

काठमाण्डौ - चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अध्ययन शुरु गरेको छ ।

चिनीको भाउ बढ्नुको कारणबारे अध्ययन गर्न टोली गठन गरेको र टोलीले केही दिनमै प्रतिवेदन तयार पार्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन शाखाका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए । 

टोलीको प्रतिवेदनका आधारमा कारबाही तथा हस्तक्षेप गर्ने उनले बताए । अहिले बजारमा अनुगमन गर्दा पनि व्यापारीहरुले बिक्री अनुपातको खरिद बिल देखाउन नसकेका कारण मूल्यमा कालोबजारी नै देखिएको उनले बताए । 

हरेक चाडपर्वमा विभिन्न बहानामा चिनीको भाउ बढ्ने गरेकोमा यो वर्ष व्यापारीहरुले अभावलाई कारण देखाएका छन् । होलसेल बजारमै भाउ बढेकाले खुद्रा व्यापारीहरुले बढाएका छन् । तर होलसेल बजारमा भाउ बढ्नुपर्ने कारण नरहेको र अध्ययन भइरहेको विभागले जनाएको छ । भाउ धेरै बढेपछि कतिपय खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ । आफूसँग स्टक नरहेका भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । एक महिना अघिसम्म किलो