प्रधानसेनापति शर्मा भारत प्रस्थान

कामठाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३औं संस्करणको ‘इण्डो(प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन उनी आइतबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

सम्मेलनका क्रममा आयोजना हुने ४७औं इन्डो(प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी छन्। भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहको निर्देशनालयले जनाएको छ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्किने छ।