ललिता निवास जग्गा प्रकरणमा २६८ प्रतिवादी 

काठमाडौँ - ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । प्रतिवेदनमा सरकारी जग्गा हिनामिनामा संगठित रुपमा कीर्ते गरेको आरोपमा सीआईबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

यो प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारी, व्यापारी र बिचौलियालाई प्रतिवादी बनाउन राय दिइएको छ । पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुलाई फरार सूचीमा राखिएको छ ।

२ जना पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको भए पनि उनीहरूलाई प्रतिवादी बनाउन राय दिइएको छैन ।