भक्तपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु  

काठमाडौँ । भक्तपुरमा यात्रुबाहक बसले पैदल यात्रीलाई ठक्करदिँदा एक जनाको मृत्यु भएको छ। 

मंगलबार राति भक्तपुर नगरपालिका– ६ डेकोचा स्थित व्यासीबाट कमलबिनायक तर्फ जाँदै गरेको  बागमती ३ ख ५०८० नं.बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरीक्षक राजन कार्कीले जानकारी दिए।

उनको पहिचान खुलेको छैन। ठक्कर दिने बस र बस चालक हेटौंडाका ४५ को अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ।