इञ्जिनको पूर्ण मर्मतका लागि पोखरा जाँदै थियो सौर्यको जहाज

काठमाडौँ - सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इञ्जिनको पूर्ण मर्मत सी–चेक का लागि पोखरा जाने क्रममा थियो ।

९ एन–एएमई जहाजमा १९ जना सवार थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।  यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दिएको जानकारीअनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए ।