सौर्य एयरलाइन्सको जहाज दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । काठमाडौँबाट पोखराको लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र उनका छोरा अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् ।

प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । मनुराज सौर्य एयरलाइन्समा प्राविधिक रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।