विमान दुर्घटना : १८ जनाको शव निकालिएको पुष्टि, एकजनाकाे उद्धार

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परि १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले जनाएको छ ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई  दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०३४ बुधबारका दिन सौर्य एयरलाईन्सको सीआरजे-७ (९एन-एएमई) जहाज काठमाडौँबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।’

नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको जानकारीअनुसार १८ जनाको शव संकलन गरिएको छ भने एक जनाको जीवित उद्धार गरिएको छ । क्यानका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रु थिए ।