यस्तो अवस्थामा उद्धार गरिएको थियो पाइलट शाक्यलाई, केएमसी अस्पतालमा उपचार हुँदै

काठमाडौँ । १८ जनाको ज्यान जाने गरि भएको जहाज दुर्घटनामा परि बाँचेका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

उनको निधार लगायत शरीका अन्य भागमा चोट लागेको छ । उनको अवस्थामा सुधार आइरहेको जनाइएको छ । बुधबार विहान ११ बजेर ११ मिनेटमा विमान उड्नासाथ दुर्घटनामा परेको थियो । दाहिनेतर्फ मोडिएको विमान कन्टेनरमा ठोक्किएर गोठाटारतर्फको खाली भागमा खसेको थियो ।

विमानमा सवार १८ जनाको मृत्यु भएको दुर्घटनामा पाइलट बाँचेका छन्।

क्याप्टेन शाक्यका परिवारका सदस्यहरु अस्पतालमा रहेका छन् र शाक्य उनीहरुसँग बोलिरहेको अस्पतालले जनाएको छ ।

उनी अनुभवी पाइलट हुन् । उनले सन् २००९ देखि विमान उडाइरहेका छन् । गुणबाट उडान थालेका उनी सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् ।