विमान दुर्घटना लगतै घटनास्थल पुगे प्रधानमन्त्री ओली

काठमाडौँ ।  सौर्य एयरको विमान दुर्घटनाका बारेमा  बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन्।

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर उनले घटनाको बारेमा जानकारी समेत लिएका छन् । प्रधानमन्त्री ओलीले दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध समेत गरेका छन् ।