विमान दुर्घटना भएपछि त्रिभुवन विमानस्थल बन्द, उडान र अवतरण प्रभावित

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको विमान दुर्घटना भएपछि त्रिभुवन विमानस्थल बन्द भएको छ ।

विमानस्थल बन्द भएसँगै उडान अवतरण ठप्प भएको विमानस्थल स्रोतले जनाएको छ । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।

आन्तरिक उडानका जहाजहरु विमानस्थलमै रोकिएका छन् भने अन्तराष्ट्रिय उडान डाइभर्ट गरिएको स्रोतले जानकारी दिएको छ ।