सौर्य एयरलाइन्सको विमान दुर्घटना :१५ जनाको मृत्यु, पाइलट शाक्यको उद्धार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परि १५ जनाको मृत्यु भएको क्यानका प्रवक्ता  हंशराज पाण्डेले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएका पाइलट मनिष शाक्यको उद्धार गरि उपचारको लागि पठाइएको बताए । सूचना अधिकारी ज्ञानेन्द्र भूलको अनुसार मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको हो ।

 बुधबार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो।