देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रचण्ड राम्रो जादुगर भएर आउनुभयो : रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौती कायम रहेको बताए। उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्यानभएर जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘  सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होइन जादु हो भन्नुभएको छ। हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभएको छ। त्यस्तो विडम्वनामा हामीले बाच्नु परिरहेको छ।’

उनले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताए । उनले अहिले पनि धेरै चुनौतिहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताए । उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए ्र

लेखकले भने , ‘कतिपय चुनौतिहरु अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौति छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यि सबै कुरालाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्नेकुरा पनि थाहा छैन ।