सामाजिक संजालमा असहिष्णु भएर गालिगलौज नगराैँ : लामिछाने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजालमा असहिष्णु भएर गालिगलौजमा नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा धादिङ–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले समर्थकले तल्लोस्तरमा गएर गागिलौज गर्दा पार्टी र नेताहरुलाई अप्ठेरो पर्ने गरेको बताए ।