देशैभर फैलियो मनसुन  

काठमाडौँ । यसवर्षको मनसुन आजबाट देशभर फैलिएको छ । जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन १५ दिनमा देशभर फैलिएको हो ।

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो नेपाल प्रवेश गरेको थियो । जेठ २८ गते कोसी प्रदेशमा प्रवेश गरेको मनसुन सोही प्रदेशको बाँकी भू–भाग, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा असार ९ गते पुगेको थियो ।

असार १० (आज)  सुदूरपश्चिमसम्म मनसुन फैलिएको हो । पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु चलेकाले यो वर्ष मनसुन देशभर फैलिन लामो समय लागेको हो ।