मेयर बालेनविरूद्व सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौँ  - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अदालतको अवहेलना गरेको आरोप लगाउँदै अधिवक्ता वर्षा कुमारी झाले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।

यसअघि उच्च अदालत पाटनले काठमाडौं महानगरपालिमा हिन्दी फिल्म रोक्ने बालेनको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै फिल्म निर्वाध चल्न दिन आदेश गरेको थियो ।

अदालतको आदेश आएपछि बालेनले आक्रोशित हुँदै राष्ट्रिय स्वाधिनताका लागि अदालतलाई पनि नमान्ने र फिल्म चल्न नदिने अभिव्यक्ति दिएका थिए ।