नौ लाख रुपैयाँ गायब भएको घटनामा माच्छापुछ्रे बैंक के भन्छ ? 

जेठ १०, काठमाडौँ । रौतहटको चन्द्रपुरमा रहेको माछापुच्छ्रे बैंकमा खाता रहेका एक जना सेवाग्राहीको नौ लाख रुपैया गायब भएको घटनामा बैंकले आफनो धारणा सार्वजनिक गरेको छ ।

रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट रहस्यमय तरिकाले नौ लाख रुपैया गायब भएको देखिएको छ । जसको दोष यादवले बैंकलाई लगाइरहेका छन् ।

तर, प्रारम्भिक अनुसन्धानका क्रममा बैंकको कुनै गल्ती नभइ ग्राहककै कमजोरी देखिएको छ । ग्राहककै मोबाइल बैंकिङ प्रयोग गरी रकम ट्रान्सफर भएको पाइएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्र्पूण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहकको मोबाइलमा गएको देखिएकाले उक्त कोड अनधिकृत व्यक्तिलाई जानकारी नगराई कारोबार हुन नसक्ने जनाएको छ ।