सुनको मूल्य बढ्यो,चाँदीको घट्दा तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

मंगलबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।