शिवशिखर सहकारीका सञ्चालक शर्मामाथि ३३ अर्ब अपचलनको आरोप

काठमाडौँ - सहकारीबाट ऋण अपचलन गरी ११ अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालक दम्पती केदारनाथ शर्मा र गीता शर्मालाई मुख्य प्रतिवादी कायम गरेर उनीहरूविरुद्ध ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार दुई सय ९१ रुपैयाँ बिगो दाबी गरिएको छ ।