थ्रीस्टार हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ - थ्रीस्टार हाइड्रोपावरको आईपीओ आज बैशाख ११ गते देखि बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबर ४ लाख ९२ हजार ५०० कित्ताको आईपीओ स्थानीय बासिन्दाका लागि र १५ प्रतिशतले हुन आउने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ सर्बसाधारणका लागि जारी हुने भएको छ ।

स्थानीय बासिन्दाका लागि जारी गर्ने आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं। १ देखि ७ सम्मका बासिन्दाले खरिद आवेदन दिन सक्नेछन् । यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँबराबरको ७३ हजार ८७५ कित्ता आईपीओ बिक्री खुला गर्नेछ ।