कोशी प्रदेश विरूद्धको आन्दोलनका क्रममा घाइते भएका लिम्बुको निधन

सुनसरी - कोशी प्रदेश विरुद्धको आन्दोलनकाे क्रममा घाइते भएका एक आन्दोलनकारीको निधन भएको छ ।

गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी भएका लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमाण्डर पदम लिम्बु लाजेहाङको शुक्रबार बिहान निधन भएको हो।